Fast Nepal News

ब्राइटनको लगातार दोस्रो जित

banner single news

लन्डन — ६ भाद्र २०७८

लन्डन, ब्राइटनले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार दोस्रो जित निकाल्दै वाटफोर्डलाई २–० ले हराएको छ । इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा नवौं सिजन बिताइरहेको ब्राइटनले लिगका सुरुआती दुई खेल जितेको यो पहिलोपल्ट हो । सेन डफिको गोलमा अग्रता लिएको ब्राइटनका लागि निल मउपेले दोस्रो गोल गरे ।

यो जितपछि ब्राइटन २ खेलबाट ६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रह्यो । शनिबारकै अन्य खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नरविचलाई सजिलै ५–० ले हरायो ।यस्तै एस्टन भिल्लाले न्युकासल युनाइटेडलाई २–० ले हरायो भने लिड्स र एभरटनले २–२ को बराबरी खेले । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डबीचको खेल भने गोलरहित बराबरीमा टुंगियो ।   

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.