Fast Nepal News

सागका पूर्वस्वर्णधारीको निधन

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ, आठौं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि करातेको टिम कातामा स्वर्ण पदक जितेका कृष्णबहादुर राईको बुधबार निधन भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा पूर्वकराते खेलाडी दीपक श्रेष्ठले राईको निधन भएको पुष्टि गरे ।श्रेष्ठका अनुसार कोभिड–१९ संक्रमित भएपछि साउन २९ मा राईलाई अस्पताल भर्ना गरिएको थियो । आफ्नो खेल जीवनका बेला नेपाल प्रहरीसँग आबद्ध राईले काठमाडौंमा सन् १९९९ मा सम्पन्न साफमा टिम कातामा आफ्नो चुनौती पेस गरेका थिए ।

त्यतिबेला उनको टिममा प्रवीण राना, गोपीलाल बम्जन र विजय लामा थिए । त्यस्तै राईले नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदको एकल कातामा स्वर्ण पदक जितेका थिए र राष्ट्रिय टिममा छनोट भएका थिए । त्यतिबेला उनले गंगाराम महर्जनलाई हराएका थिए । तर आठौं साफका लागि टिम बनाउने क्रममा समान उचाइ मिलेका खेलाडीका कारण राईलाई टिम कातामा राखिएको थियो ।प्रशिक्षक श्रेष्ठले भने, ‘राई निकै सिधा र भलादमी थिए ।’ राईका श्रीमती र एक छोरा छन् । सिन्धुली बोलञ्चोर गाउँपालिका–७ खुर्कोटका राई ५३ वर्षका थिए ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.