Fast Nepal News

कीर्तिमानी लोयडको संन्यास

banner single news

रोम — २ भाद्र २०७८

रोम , अमेरिकी मिडफिल्डर कार्ली लोयडले यस वर्षको अन्त्यमा आफ्नो सानदार खेलाडी जीवन टुंग्याउने घोषणा गरेकी छन् । ३९ वर्षीया उनले अमेरिकाको महिला फुटबल टोलीबाट ३ सय १२ खेल खेल्दै १ सय २८ गोल गरेकी छन् । उनले अमेरिकाबाट दुई विश्वकप र दुई ओलम्पिक स्वर्ण पनि जितेकी छन् । ‘प्रत्येक दिन मैदानमा उत्रँदा मलाई यो आफ्नो अन्तिम खेल जस्तो लाग्थ्यो,’ लोयडले भनिन् । अमेरिकी महिला टोलीकी प्रमुख प्रशिक्षक भ्लाट्को एन्डोनोभस्कीले लोयडलाई ‘सच्चा महान्’ खेलाडीको संज्ञा दिँदै उनलाई प्रशिक्षण दिन पाउनु आफ्ना लागि सम्मान भएको जनाए ।

दुईपल्ट फिफा वुमेन्स प्लेयर अफ द इयर घोषित उनले अमेरिकाका लागि केही मैत्रीपूर्ण खेलपछि संन्यास लिने घोषणा गरेकी हुन् । उनले आफ्नो व्यावसायिक खेलाडी जीवन एनजे/एनवाई जोथाम एफसीका लागि पूरा गर्ने निर्णय गरेकी छन् ।लोयडले गत महिना टोकियो ओलम्पिकमा पनि खेलेकी थिइन् । जहाँ अमेरिकालाई कांस्य पदक जित्न मदत गरेकी थिइन् । ओलम्पिकमा अमेरिकाले स्वर्ण जित्ने विश्वास गरिएको थियो ।तर समूह चरणको खेलमा स्विडेनसँग पराजित अमेरिका सेमिफाइनलमा क्यानडाको हातबाट रोकिएको थियो ।

Inside Article Ads

उनी अमेरिकी टिमका सबैभन्दा बढी उमेरकी खेलाडी हुन् । उनीभन्दा बढी अमेरिकाका लागि खेल्नेमा क्रिस्टियन लिलीमात्र रहेकी छन् । उनले ३ सय ५४ क्याप जितेकी छन् । विश्व महिला फुटबलमा अहिलेसम्म चार खेलाडीले मात्र तीन सयभन्दा बढी खेल आफ्नो देशका लागि खेलेका छन् । लोयडले १२ वर्षमा ६ फरक टिमका लागि व्यावसायिक फुटबल खेलेकी छन् । 

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.