Fast Nepal News

पारा टिमलाई केल्मीको पोसाक

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ , जापानमा हुने टोकियो पारा ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीको खेल पोसाक प्रदान गरिएको छ ।नेपालमा केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिले पूर्व सम्झौताअनुरुप टोलीलाई खेल पोसाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोसाक प्रायोजन गरेको थियो ।

Inside Article Ads
पारा ओलम्पिकमा सहभागी हुने एक खेलाडीसहित ५ सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सामग्री हस्तान्तरण गरे ।अगस्ट २४ देखि सुरु हुने पारा ओलम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । पलेशाले के४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा भाग लिनेछन् ।सेभ दी मिसन सरोज श्रेष्ठ, प्रशिक्षकमा कविराज नेगी लामा, फिजियोमा डा. दीपक श्रेष्ठ र कोभिड लाइसेन्स अफिसरका रूपमा विश्वास बस्नेत सहभागी हुँदैछन् । टोली शुक्रबार जापान जाने कार्यक्रम छ ।  
(कान्तिपुर दैनिक)
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.