
काठमाडौँ — २ भाद्र २०७८
काठमाडौँ , जापानमा हुने टोकियो पारा ओलम्पिकमा भाग लिने नेपाली टोलीलाई केल्मीको खेल पोसाक प्रदान गरिएको छ ।नेपालमा केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालिले पूर्व सम्झौताअनुरुप टोलीलाई खेल पोसाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२ औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोसाक प्रायोजन गरेको थियो ।
