Fast Nepal News

रोमा आए अब्राहम

banner single news

रोम — २ भाद्र २०७८

रोम, टमी अब्राहम सोमबार चेल्सीबाट इटालियन सिरी ‘ए’ क्लब एएस रोमामा स्थानान्तरण भएका छन् । चेल्सीका पूर्वव्यवस्थापक जोसे मोउरिन्होले इंग्ल्यान्डका फरवार्डलाई ४ करोड युरोमा रोम ल्याएका हुन् । रोमामा अब्राहमले ५ वर्षको सम्झौता गरेको विज्ञप्तिमा जनाइएको छ । भविष्यमा अब्राहम फेरि सरुवा हुन खोजे चेल्सीले अहिलेको दोब्बर रकममा उनलाई लिन पाउने अधिकार राखेको छ । इटालियन सञ्चारमाध्यमका अनुसार अब्राहमले रोमामा ७ नम्बर जर्सी लगाउनेछन् । इडेन जेको ४५ लाख युरोमा इन्टर मिलान लागेपछि रोमामा ७ नम्बर जर्सी खालिरहेको थियो ।

‘जब कुनै क्लब तपाईंलाई लिन पछ्याइरहेको हुन्छ भने सजिले त्यसको अर्थ बुझ्न सकिन्छ, रोमाले त्यो चाहना तुरुन्तै देखाएको थियो,’ अब्राहमले रोमाको आधिकारिक वेबसाइटमा भनेका छन्, ‘रोमा एउटा यस्तो क्लब हो, जो सफलता र उपाधिका लागि हकदार छ । मसँग प्रमुख उपाधिहरू जितेको अनुभव छ, त्यसैले म रोमालाई त्यो सफलता दिलाउन मद्दत गर्दै रोमालाई एउटा स्तरमा पुर्‍याउन चाहन्छु ।’इन्टर मिलानबाट रोमेलु लुकाकु कीर्तिमानी मूल्यमा चेल्सी आएपछि अब्राहमलाई लन्डनमा स्थान बनाउन गाह्रो भइसकेको थियो ।

Inside Article Ads

अब्राहम २००४ मा युवा खेलाडीको रूपमा चेल्सीमा आबद्ध भएका थिए । युरोपियन च्याम्पियनसिपको उपाधि दिलाएका चेल्सी व्यवस्थापक थोमस टचेलले अब्राहमलाई बेवास्ता गर्दै आएका थिए । टचेलअघिका व्यवस्थापक फ्रान्क लाम्पार्डले अब्राहमलाई चेल्सीको पहिलो टोलीमा स्थान दिएका थिए ।सन् २०१९ मा चेल्सीको पहिलो टोलीबाट खेलेयता अब्राहमले ३० गोल गरिसकेका छन् । त्यसअघि २०१८–१९ मा एस्टन भिल्लाबाट लोनमा खेल्नेक्रममा अब्राहमले दोस्रो डिभिजनमा २५ गोल गरेका थिए । जसका कारण उनी धेरैको ध्यान तान्न सफल भएका थिए । उनले २०१७ मा ‘डेब्यु’ गरेयता इंग्ल्यान्डबाट ६ खेल खेलेका छन् र २०१९ मा मोन्टेनेग्रोविरुद्ध गोल गरेका थिए ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.