Fast Nepal News

म्याराडोना खोज्ने अभियान

banner single news

ब्युनस आयर्स — २ भाद्र २०७८

ब्युनस आयर्स, खेलकुद समान उत्पादन गर्ने संस्था एडिडासले सोमबार त्यस्तो अभियान सुरु गरेको छ, जसको उद्देश्य अर्जेन्टिनी फुटबल नायक डिएगो म्याराडोनाको समान नाम रहेका १ हजार ७ सय ३ जना खोज्ने रहेको छ । म्याराडोनाको गत वर्ष हृदयघातका कारण मुत्यु भएको थियो । सन् २०१० को विश्वकपमा नाइजेरियाविरुद्धको खेल सुरु हुनुअघि जोहानसबर्ग रंगशालामा म्याराडोना फाइल तस्बिर : रोयटर्सजर्मन ब्रान्डले म्याराडोनाको समान नाम भएकालाई सन् १९८१ को बोका जुनियर्सको रिप्लिका जर्सी दिन लागेको हो । त्यो वर्ष म्याराडोनाले बोका जुनियर्सका लागि अर्जेन्टिनी लिग उपाधि जितेको थियो । यस्तो जर्सी पाउने सन् १९८१ मै जन्मेको हुनुपर्नेछ । गत साता मात्रै बोका जुनियर्स र एडिडासले नयाँ सिजनका लागि जर्सी जारी गरेका थिए ।

यो सन् १९८१ कै जर्सीबाट प्रभावित रहेको छ । त्यतिबेला म्याराडोना २१ वर्षका थिए । एडिडासले जारी गरेको सूचनाअनुसार त्यो वर्ष जन्मेका अधिकाश बच्चाको नाम डिएगो म्याराडोना राखिएको थियो । म्याराडोना आफैं बोका जुनियर्सका समर्थक थिए । खेलाडी जीवनबाट संन्यास लिएपछि क्लबको रंगशालामा उनका लागि भनेर अलग्गै निजी बक्ससमेत राखिएको थियो ।बोका जुनियर्सबाट खेलाडी जीवन सुरु गरेका म्याराडोनाले त्यसको अन्त्य पनि त्यही क्लबबाट गरे । सुरुआती वर्ष बोका जुनियर्सका लागि राम्रो खेलेको हुनाले सन् १९८२ मै म्याराडोना बार्सिलोनासँग आबद्ध भए । त्यसको दुई वर्षपछि उनी इटालीको नेपोली गए । त्यहाँ आफ्नो खेल जीवनकै उत्कृष्ट समय बिताए ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.