Fast Nepal News

सोल्सायरमाथि उपाधि दबाब

banner single news

लन्डन — २९ श्रावण २०७८

लन्डन, म्यानचेस्टरको मौसमबारे प्रायः धेरैको गुनासो हुने गर्छ । इंग्ल्यान्डको उत्तर पश्चिमी सहरको मौसमबारे ओले गनर सोल्सायर असाध्यै अधैर्य हुने गर्छन् । म्यानचेस्टर युनाइटेडका यी व्यवस्थापक भन्छन् ‘हाम्रो नर्वेतिर के भनिन्छ भने मौसम कहिले पनि खराब हुन्न, खाली लगाउने लुगामात्र खराब हुन्छ ।’ सन् २०१८ को डिसेम्बरमा उनले म्यानचेस्टर सम्हाल्ने अवसर पाए, ‘केयरटेकर’ व्यवस्थापकका रूपमा । सर एलेक्स फर्गुसनको पालोमा उनी ती व्यवस्थापकका ‘सुपर सब’ थिए । सोल्सायरले जतिबेला पहिलोपल्ट टिम सम्हाले । उनलाई लाग्यो, खेलाडीको लुगा नै ठीक छैन, यो सुहाउँदो छैन । सन् २०१९ को मार्चमा उनले तीन वर्षको अनुबन्ध पाए आधिकारिक रूपमा । आफ्नो टिमबारे उनको धारणा त्यतिबेला अझ कठोर रह्यो । उनलाई के लाग्यो भने टिमका केही प्रमुख खेलाडीको फिटनेस कमजोर छ । यी खेलाडीले यसअघिका व्यवस्थापक जोसे मोउरिन्होको कार्यकालमा आफू खुसी गर्ने अवसर पाएका थिए, त्यसैले तिनको फिटनेस पनि कमजोर रह्यो ।

जबकि फर्गुसनको पालामा खेलाडीलाई यसरी फिटनेसमा कुनै प्रकारको चुक हुने मौका हुने गर्दैनथ्यो । फर्गुसन यस मामिलामा साह्रै कडा थिए । त्यसैले त उनको समयमा म्यानचेस्टरले एकपछि अर्को उपाधि पनि जित्न सक्यो । सोल्सायर अब यस्तै बाटो पछ्याउँदै छन् । सन् २०१९ को अप्रिलमा म्यानचेस्टर एभरटनको हातबाट नराम्रोसँग पराजित भएपछि सोल्सायरले भनेका थिए, ‘म पक्कै भविष्यमा सफल हुनेछु । तर त्यतिबेला अहिलेका खेलाडी त्यो सफलताको साक्षी हुने छैनन् ।’सोल्सायरलाई म्यानचेस्टरले कहिले पनि बिर्सन छैन । किनभने सन् १९९९ को युरोपेली च्याम्पियन्स लिग उपाधि जित्दाको योगदानले पनि उनलाई भुल्न दिने छैन । बायर्न म्युनिकविरुद्धको उक्त फाइनलमा सोल्सायरले इन्ज्युरी समयमा गोल गरेका थिए । त्यसबेला जति पनि फुटबल पत्रकारले बायर्नले जित्ने लख काटिरहेका थिए, ती सबैलाई गलत साबित गरिदिए । अहिले तिनै सोल्सायर आफ्नो भूमिका सुहाउँदो पाराले चिटिक्क पोसाकमा हुने गर्छन् ।

Inside Article Ads

क्लब बोर्डले सोल्सायरसँगको अनुबन्ध सन् २०२४ सम्म बढाउने निर्णय गरिसकेको छ । यसको कारण उनीमाथि बढेको विश्वास नै हो । यी नर्वेली प्रशिक्षक क्लबमा आएपछि टिमको प्रदर्शन पक्कै सुधार भएको छ । भलै, क्लबले चार वर्षयता केही जित्न सकेको छैन । तर बोर्डलाई के विश्वास छ भने सोल्सायरले अहिले जुन सुरुआती ११ को टिम बनाएको छ, त्यो पक्कापक्की कुनै न कुनै उपाधि जित्न सक्षम छ । केही सुस्त पक्कै होला तर म्यानचेस्टर बलियो हुँदै छ । नत्र, यी व्यवस्थापकको अनुबन्ध अन्तिम वर्षतिर अग्रसर हुँदा म्यानचेस्टरको आधा रातो भाग पक्कै चिन्तित थियो । अब यही आधा भागमा के विश्वास पलाएको छ भने चाँडै भविष्यमा कुनै न कुनै उपाधि भित्रिनेछ । भर्खरैमात्र सोल्सायरले खुबै महत्त्वपूर्ण वाक्यको अंश प्रयोग गरेका छन् । उनी अचेल ‘यो टिम’ भन्ने गर्दैनन्, बरू ‘हाम्रो टिम’ भन्न थालेका छन् । यहाँनिर उनीबारे उल्लेख गर्नैपर्ने तथ्य के भन्दा एक स्ट्राइकरका रूपमा त्यस्तो गोलमा कहिल्यै खुसीयाली मनाउने गर्दैनथिए, जसलाई ‘फ्लुक’ भन्न सकिन्छ ।

दुर्घटना खाले परिस्थितिमा हुने गोलमा उनी पटक्कै खुसी मनाउने खालका थिएनन् । दुई साताअघि म्यानचेस्टरले इंग्लिस विंगर जाडोन सान्चोलाई बोरुसिया डर्टमन्डबाट किनेको थियो, ७ करोड ३० लाख पाउन्डमा । यो अनुबन्धलाई लिएर सोल्सायरले भनेका थिए, ‘सान्चो त्यस्ता खेलाडी हुन्, जसलाई म व्यक्तिगत रूपमा टिममा होस् भन्न चाहन्छु । उनी त्यस्ता फरवार्ड हुन्, जसले म्यानचेस्टरको परम्परा धान्न सक्छ अनि न्याय गर्न सक्छ ।’सोल्सायरले दुई पूरा सिजन म्यानचेस्टर सम्हाल्दा टिमले एक फाइनल खेलेको छ भने चार सेमिफाइनल यात्रा तय गरेको छ । लिगमा एकपल्ट तेस्रो भयो भने एकपल्ट दोस्रो । अझ उनले दुईपल्ट म्यानचेस्टरको बोर्डको धम्की पनि पार गरेका छन्, जसमा माउरिसियो पोचेटिनोलाई भित्र्याउने भाव थियो ।
अपेक्षाअनुसार नै उनले हालै फ्रान्सेली डिफेन्डर राफेल भारानको अनुबन्ध पनि सम्भव पारेका छन् । भाराने रियल म्याड्रिडबाट आएका हुन् । उनी वास्तवमै विश्वास गर्न योग्य डिफेन्डर हुन् ।अहिले लाग्छ, सायद सोल्सायरले पाउल पोग्बालाई टिममै कायम रहन फर्काइसकेका छन् । विश्वास नहुनसक्छ, अहिलेको अनुबन्धलाई पूरा गर्ने हो मात्र भने सोल्सायरले दोस्रो विश्वयुद्धपछि क्लबमा सर्वाधिक समय बिताउने व्यवस्थापक हुनेछन्, सर म्याट बसबाइ र फर्गुसनको अपवाद छाडेर । साँच्चै यसबीच छुटेको भनेको क्लबले उपाधि जित्न नसक्नु त हो । सन् १९९९ को च्याम्पियन्स लिग विजेता यी खेलाडीबाट उपाधिको पक्कै अपेक्षा भने गर्न सकिन्छ । 
 (कान्तिपुर दैनिक)
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.