Fast Nepal News

स्टोक्सले लिए अनिश्चित समयका लागि विश्राम

banner single news

लन्डन — १६ श्रावण  २०७८

लन्डन, इंग्ल्यान्डका बेन स्टोक्सले अनिश्चित समयका लागि क्रिकेटका सबै स्वरूपबाट विश्राम लिएका छन् । मानसिक कारण देखाएर उनले आराम लिन खोजेको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले जनाएको छ ।प्रतिस्पर्धाको चर्को स्वरूपको दबाब झेल्न गाह्रो भएपछि क्रिकेटबाटै टाढिने उनी अर्का स्टार खेलाडी भएका छन् । इंग्ल्यान्ड र भारतबीच अर्को सातादेखि ट्रेन्ट ब्रिजमा पाँच टेस्टको सिरिज सुरु हुँदैछ र त्यसमा स्टोक्स हुने छैनन् ।

उनको स्थानमा क्रेग ओभरटनलाई समावेश गरिएको छ । बोर्डले भनेको छ, ‘तत्काल लागू हुने गरेर स्टोक्सले सबै खाले क्रिकेटबाट अनिश्चित समयका लागि विश्राम लिएका छन् ।’ बोर्डले थपेको छ, ‘अर्को सातादेखि भारतविरुद्ध सुरु हुने टेस्ट सिरिजका लागि स्टोक्सले नाम फिर्ता लिएका छन् । उनको प्रमुख उद्धेश्य मानसिक रूपमा स्वस्थ रहने र चोट लागेको औंलालाई निको पार्ने हुनेछ ।’

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.