Fast Nepal News

यसपालि सिरी ‘ए’ मा को बलियो ?

banner single news

मिलान — १४ श्रावण २०७८

मिलान , युभेन्ट्स लामै समय इटालीमा कसैले छुन नसकिएको टिम रह्यो । अब भने त्यो रहेन । ९ वर्षको अन्तरालपछि सिरी ‘ए’ को नयाँ सिजन सुरु हुनेछ नयाँ च्याम्पियनसँगै । त्यसको अर्थ इन्टर मिलानले यसपल्ट उपाधि रक्षाका लागि प्रयास गर्नेछ ।गत सिजन इन्टरले पहिलोपल्ट उपाधि जितेको थियो, सन् २०१० यता । त्यो सिजन इन्टरले जोसे मोउरिन्होको नेतृत्वमा तीन उपाधि जितेको थियो । त्यसयता इन्टरका लागि सजिला दिनहरू फर्केनन् ।

यसपल्ट सिरी ‘ए’ मा को बलियो होला त उपाधिका लागि ? यसको पहिलो उत्तर त इन्टर आफैं भयो । डिफेन्डिङ च्याम्पियनका रूपमा इन्टरले पक्कै पनि बलियो चुनौती पेस गर्नेछ । अझ डिफेन्डर मिलान स्क्रिनियरले त के सम्म दाबी गरेका छन् भने इन्टर २०२१–०२२ को सिजन अपराजित रहने योजनामा छ । एउटा तथ्य के भुलौं भने अहिले इन्टरमा गत सिजनका प्रशिक्षक एन्टोनियो कोन्टे छैनन् अनि अचरफ हाकिमीले पनि छाडिसकेका छन् ।

 

त्यसैले गत सिजन सुरु गर्दा इन्टरलाई जति सजिलो थियो, यसपल्ट त्यस्तो हुने छैन । अझ गाह्रै हुनेछ । सिमोन इन्जाघी र हाकन काल्हनोग्लु इन्टर आएका छन्, तर उनीहरूले कडा मिहिनेत गर्नुपर्ने निश्चित छ । गत सिजन ‘ओल्ड लेडी’ का लागि गाह्रै स्थिति रह्यो । तर यसपल्ट टोलीले सुखद सुरुआतको किन अपेक्षा राख्न सक्छ भने टिममा प्रशिक्षकका रूपमा मासिमिलिनो एलेग्री फर्केका छन् । उनको नेतृत्वमा युभेन्ट्सले शीर्षस्थान फेरि हात पार्ने कल्पना गर्न सक्छ । युभेन्ट्सको टिममा खासै परिवर्तन आएको छैन । तर नयाँ प्रशिक्षकले यही टिमबाट राम्रो नतिजा त पक्कै निकाल्न सक्छ । एलेग्रीको सबैभन्दा ठूलो लक्ष्य हुनेछ पाउलो डिबालालाई लयमा फर्काउने अनि क्रिस्टियानो रोनाल्डोलाई फेरि केही जित्नका लागि गम्भीर बनाउने ।

Inside Article Ads

गत सिजन एटलान्टा तेस्रो स्थानमा आएको थियो । एटलान्टा तेस्रो स्थानमा आएको यो पहिलोपल्ट होइन, बरू लगातार तेस्रो सिजन हो । त्यसैले भन्न करै लाग्छ, अब एटलान्टा ठूला टिममा पर्न थालिसकेको छ । भलै, एटलान्टाले सन् १९६३ को कोपा इटालिया जितेयता केही जित्न सकेको छैन । तर जियान पिएरो गास्पेरिनाको नेतृत्वमा यो क्लबले पेस गर्ने चुनौती बलियो नै रहनेछ । टिममा केही नयाँ खेलाडी आएका छन्, तर प्रशिक्षकले मुख्य ध्यान दिनुपर्ने विषय रक्षापंक्ति नै रहनेछ । यहाँनिर एसी मिलानलाई पनि छुट्याउन मिल्ने छैन । गत सिजन क्लब सम्हालेयता स्टेफानो पिओलीले मिलानलाई फेरि युरोपेली च्याम्पियन्स लिगमा फर्काएका छन् ।

तर यसको अर्थ मिलानलाई एकै साता घरेलु लिग र च्याम्पियन्स लिग फर्कनुपर्ने तनाव हुनेछ । एएस रोमाले भने केही दुरीले च्याम्पियन्स लिग खेल्न मौका गुमाएको थियो, तर टिमले यसपल्ट तिनै मोउरिन्होको नेतृत्वमा खेल्नेछ । तर रोमालाई लिग उपाधिका लागि बलियो प्रत्याशी मान्न सकिन्न । यस्तै स्थिति नेपोलीको पनि रहनेछ । नेपोलीसँग पछिल्ला केही सिजन राम्रो सुरुआत लिए पनि त्यसलाई अन्त्यसम्म कायम राख्न नसक्ने समस्या देखिएको छ । 
 (कान्तिपुर दैनिक)
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.