Fast Nepal News
Banner Below header

अाज संसद वैठक बस्दै

संसदको अधिवेशन सुरु भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिदै। ‌

banner single news

प्रकाश कपाली। काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ७ गतेका दिन गरेको संसद् विघटन‌ विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो। यही असार २८ गतेका दिन सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसलासँगै ७ दिनभित्र प्रतिनिधिसभा बैठक आव्हान गर्न आदेश दिएको थियो। त्यससँगै सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्च अदालतको फैसलापछि आज प्रतिनिधिसभाको बैठक केही समयमा सुरुवात हुँदैछ। केही समयमा प्रतिनिधिसभा बैठक सुरु हुनुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने निर्णय गर्नुभएको छ। संसदको अधिवेशनमा विश्वासको मत लिने प्रस्ताव उहाँले संसद सचिवालयमा दर्ता गरिसक्नु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। यसैगरी नेकपा एमालेका नेपाल खनाल समूहका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेको छ। नेकपा एमालेका असन्तुष्ट खेमाका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउबाको पूरा कार्यकालको लागी शेरबहादुर देउवालाई विश्वासको मत दिन‌ सबैलाई अपिल गर्नुभएको छ ‌। यसैगरी नेकपा-माओवादी, राजमो, जसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। यसैगरी कांग्रेसका ६१ सदस्य, नेकपा-माओवादीका ४९ सदस्य, राष्टिय जनमोर्चाका १ सदस्य, जसपाका १२ सदस्य प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा रहेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्ने आम चासोको विषय बन्न पुगेको छ । ‌‌

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.