Fast Nepal News

शेरबहादुर देउवाको नेतृत्वमा नयाँ मन्त्रीमण्डल विस्तार

banner single news

प्रकाश कपाली। काठमाडौं हिजो सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनलाई परमादेश जारी गरेको थियो। सर्वोच्च अदालतले परमादेश जारी गर्दै राष्ट्रपति कार्यालय र प्रतिनिधिसभा सचिवालयलाई प्रधानमन्त्रीको रूपमा शेरबहादुर देउवालाई नियुक्त गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशलाई अक्षरशः पालना गर्दै आज राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई गोपनीयताको शपथ ग्रहण गराएकि छन्। शपथ ग्रहण गर्दै मुलुक र जनताको हकहितमा काम गर्ने प्रधानमन्त्री शेरबहादुर देउबाले प्रतिबद्धता जनाएका छन्।

Inside Article Ads

शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा सानो मन्त्रिमण्डल गठन भएको छ। जसमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त भएका छन् भने अर्का नेता ज्ञानेन्द्र बहादुर शाही कानुन तथा संसदीय मामिलामन्त्री पदमा नियुक्त भएका छन्। गरी नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेतृ पम्फा भुसाल उर्जा सिचाई तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका छन्। अर्का नेकपा-माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्। शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी सरकारमा प्रवेश गरेका छन्। शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको मन्त्रिमण्डल सदस्यहरुले आजै शीतल निवास पुगेर गोपनीयताको शपथ लिएका छन् ‌। संसद पुनःस्थापना भएपछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको मन्त्रिमण्डलले मुलुक र जनताको हकहितका लागि यो के कस्तो काम गर्छ भन्ने विषय आज आम चासोको विषय बन्न पुगेको छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.