Fast Nepal News

बिदाइ हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन

ओलीले सर्वोच्चको फैसलाप्रति असन्तुष्ट प्रकट गर्दै अदालतको फैसला पालना गर्ने बताएका छन्

banner single news

प्रकाश कपाली।‌।काठमाडौ सर्वोच्च अदालतको फैसलापछि शेरबहादुर देउवा प्रधानमन्त्री भइसकेका छन्। केपी शर्मा ओली प्रधानमन्त्री पदबाट सर्वोच्च अदालतले शेरबहादुर देउवालाई परमादेश जारी गरेपछि पदमुक्त भएका हुन्। आज पदबाट बिदाई भएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै सर्वप्रथम सबै नेपाली दाजु भाई दिदी बहिनीहरूमा अभिवादन व्यक्त गरेका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलाप्रति असन्तुष्ट प्रकट गर्दै अदालतको फैसला पालना गर्ने बताएका छन्। सर्वोच्च अदालतले गरेको फैसला इतिहासले मूल्याङ्कन गर्नेछ‌ भनी तर्क व्यक्त गरेका छन्। सर्वोच्च अदालतले हिजो गरेको फैसलामा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन्। देश र जनतालाई शिरमा राखेर आफू प्रधानमन्त्री हुँदा मुलुक सञ्चालन गरेको र विकासका दुरगामी कार्यमा फड्को मारेको पनि उनले बताएका छन्। नेपालको सार्वभौमसत्ता नेपाली जनताको माया र विश्वासका कारण आफ्नो कार्यकालमा देश र जनताको हकहितमा थुप्रै काम गर्न सफल भएको उनले बताएका छन्। जनताको जनादेश आफूसँग भएपनि अदालतको परमादेशले विपक्षी दल का नेता शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नियुक्त गर्नु ऐतिहासिक रहेको बताएका छन्। लोकतन्त्र आफ्नोलागि जीविका नभएको जीवन भएको बताउँदै लोकतन्त्र र जनताको हकहितको पक्षमा ६ दशकअघि देखि आफू लड्दै आएतापनि संसद विघटनपछि आफ्नै पार्टी दलका नेताहरुले साधारण सदस्यबाट समेत हटाएको घोषणा गर्दा आफूले गरेको योगदानको कदर नभएको बताउनुभयो। आफ्नै पार्टी दल का नेताहरुले विपक्षी दल का नेतालाई प्रधानमन्त्री बन्न दिएको समर्थन र पार्टी विरोधी गतिविधि अनुशासनहिन, अराजकता, अपराध भएको पनि बताउनुभयो। सर्वोच्च अदालतको फैसला प्रति असन्तुष्ट व्यक्त गर्दै अदालतको फैसलाले लोकतन्त्रमा विश्वास राख्ने व्यक्ति चिन्तित भएको पनि बताउनुभयो। सर्वोच्च अदालतले गरेको फैसलामा कसैको विजेताको भाव हुर्के पनि हिजोको फैसलाले राज्यका तीन निकायबीचको सन्तुलन खल्बलिएको पनि बताउनुभयो। राष्ट्रको विकासमा अघि बढ्नुपर्ने आजको आवश्यकता हो भन्दै मुलुकलाई दन्त तर्फ धकेल्ने षड्यन्त्र र लोकतन्त्र विरुद्ध गंभिर षडयन्त्र भइरहेकोले मुलुकको निर्माण र एकतातिर आम नेपालीहरुलाई ध्यान दिन आग्रह गर्नुभयो। अबको साढे एक वर्ष नेकपा एमालेले प्रतिपक्षमा रहेपनि‌ साढे एक वर्षपछि देश जनादेशमा गएपछि फेरी निर्वाचन प्रक्रियाबाट जनताको माया र साथ पाएमा सरकारमा रहन पाउने आशा व्यक्त गर्नुभयो। सुखी नेपाली समृद्ध नेपालको निर्माण गर्न आफु र आफ्नो पार्टी अग्रसर रहेको बताउँदै अन्त्यमा उहाँले सूर्यलाई बादलले छेकेपनि बादल पन्छाउँदै सूर्य अवश्य उदाउने छ भनेर सम्बोधन टुंग्याउनु भयो।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.