
प्रकाश कपाली। नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकले नेपाल -खनाल समूहलाई सोमबारसम्म विपक्षी गठबन्धनका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि दिएको समर्थन फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले विपक्षी गठबन्धनलाई दिएको समर्थन सोमबारसम्म फिर्ता लिन अल्टिमेटम दिएको छ। फिर्ता नलिएको खण्डमा राजनैतिक रुपमा पार्टी एकताबद्ध हुन नसक्ने बताउँदै उहाँले विपक्षी गर्न भन्नलाई दिएको समर्थन फिर्ता लिन आग्रह गर्नुभएको हो । केन्द्रिय समितिको बैठकले विपक्षी दलका नेतालाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेपनि आफूले विपक्षी दलको नेतालाई दिएको समर्थन फिर्ता नलिने नेकपा एमालेका असन्तुष्ट खेमाका नेपाल-खनाल समूहका नेताहरुले बताएका छन्। नेकपा एमालेका नेता एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको विधान मिचेको र जनताको हकहितमा मेल नखाएको कार्य गरेको भन्दै नेपाल- खनाल समूहलाई विपक्षी दललाई दिएको समर्थन सोमबार साँझ ६ बजेसम्म फिर्ता लिन आग्रह गरेका छन्। आज नेकपा कमिटीको बैठकलाई माधवकुमार नेपालले बहिष्कार गरी उनका समूह बैठकमा उपस्थित भएनन्। बैठकमा उपस्थित नभएका नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान मिचेको र मनोमानी ढंगले गरेको केन्द्रीय समितिको बैठक बैध नभएको बताएका छन् । नवौं राष्ट्रिय महाधिवेशन र सहमतिको माध्यमबाट पार्टीलाई अगाडि बढाएर लैजानुपर्ने उहाँले बताउनुभएको छ। पार्टीका असन्तुष्ट पक्षले विरोध गरेपछि के कारणले असन्तुष्ट भएको कारण लेखाजोखा गर्नु पर्ने नेता रावलले बताएका छन्। नेकपा एमालेका अर्का नेता दीपकप्रसाद भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधान र नेपालको संविधानलाई कुल्चदै पार्टीको बिधि र बिधान लाई मिच्दै बोलाएको केन्द्रीय समितिको बैठक अमान्य र अवैधानिक हुने बताएका छन्। पार्टी एकताको विषय बारे बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई असंवैधानिक कार्य गरेको हो भनी स्वीकार नगरेसम्म कुनैपनि हालतमा राजनीतिक रुपमा एमाले एकता हुन असम्भव भएको भट्टले बताएका छन्। पार्टी एकताको पक्षमा आफू रहेको पनि उनले जिकिर गरेका छन्। यसैगरी लामो समयपछि पार्टीको केन्द्रीय कमिटीमा उपस्थित भएका नेकपा एमालेका उपाध्यक्ष नेता वामदेव गौतमले नेपाल- खनाल पक्षसँग मिलेर गएमा मात्र एमालेको एकता र कम्युनिष्ट आन्दोलन सार्थक हुने अभिव्यक्ति दिएका छन्।
