Fast Nepal News

शीर्ष नेता र सभामुख सापकोटा बीच छलफल सुरु

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको बैठक सुरु भएको छ ।

banner single news

२८ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको बैठक सुरु भएको छ ।सभामुख अग्निप्रसाद सापकोटाले वाेलाउनु भएकाे हाे ।

संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा सुरु भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादव, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी हुने सभामुखको सचिवालयले जनाएको छ ।

Inside Article Ads

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी भएनन् ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.