Fast Nepal News

आज नयाँ मन्त्रिपरिषद्को गठन

नयाँ मन्त्रीमण्डल गठन भईरहदा ३ उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ शहरी विकास मन्त्री थपिएका छन्

banner single news

प्रकाश कपाली। काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रिपरिषद्को गठन गर्दै हुनुहुन्छ। नयाँ मन्त्रिपरिषद्को गठन गर्दै गर्दा नवनियुक्त मन्त्रीहरु को नियुक्त आजै हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नयाँ मन्त्रीमण्डल गठन भईरहदा ३ उपप्रधानमन्त्रीसहित १२ जना मन्त्री र २ शहरी विकास मन्त्री थपिएका छन्। जनता समाजवादी पार्टीका ठाकुर पक्षका ८ मन्त्रीसहित २ राज्यमन्त्री सरकारमा सहभागी भएको छ। नेकपा एमालेका नेत्री चन्दा चौधरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको पदमा नियुक्त हुने भएको छ। यसैगरी नेकपा एमालेका महासचिव बिष्णु पौडेल उप-प्रधानमन्त्री र अर्थमन्त्री पदमा नियुक्त हुने भएको छ। जसपाका नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्री पदमा नियुक्त हुने भएको छ। चन्द्रकान्त चौधरी ऊर्जामन्त्री र रेणुका गुरुङ‌ बालबालिका मन्त्री पदमा नियुक्त हुने भएको छ। जसपाका लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्री पदमा युक्त हुने भएको छ। यसैगरी शरतसिंह भण्डारी उर्जा जलस्रोत तथा सिचाई मन्त्री पदमा नियुक्त हुने भएको छ। यसैगरी एकवाल मिया युवा तथा खेलकुदमन्त्री पदमा नियुक्त हुने भएको छ। यसैगरी उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री पदमा रघुवीर महासेठ नियुक्त हुने भएको छ। यसैगरी अनिल झा खानेपानी तथा सरसफाई मन्त्री पदमा नियुक्त हुने भएको छ। यसैगरी उमाशंकर अरगरिया वन तथा वातावरणमन्त्री पदमा नियुक्त हुने भएको छ। जसपाका। ठाकुर पक्ष सरकारमा सहभागी भएको छ। यसैगरी विमल श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीपदमा नियुक्त हुने भएको छ । यसैगरी स्वास्थ्य मन्त्रीमा शेरबहादुर तामाङ नियुक्त भएका छन्। कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री पदमा नियुक्त हुने भएका छन् भने वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री पदमा नियुक्त हुने भएको छ। यसैगरी रक्षा मन्त्रालय, गृह मन्त्रालय, सञ्चार मन्त्रालय, पर्यटन मन्त्रालय, कृषि मन्त्रालय प्रधानमन्त्रीसँगै रहेको छ। नवनियुक्त मन्त्रीको सपथ ग्रहण आजै हुनेछ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.