Fast Nepal News

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन

पुरानै कुराकाे निरन्तरता सहितकाे सम्वाेधनले खासै अर्थ नराख्ने विपक्षीकाे भनाइ

banner single news

प्रकाश कपाली काठमाडौ जेठ १४। दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ। राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण हाम्रो मुलुक पनि आक्रान्त भएकोले सबै नेपाली दाजु भाई दिदी बहिनी लाई सचेत हुँदै स्वास्थ्यको ख्याल राख्न पनि आग्रह गर्नुभएको छ। सम्बोधनका क्रममा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सहयोग गर्नुभएका सम्पूर्ण स्वास्थ्यकर्मी , सामाजिक अभियन्ता, स्थानीय जनप्रतिनिधि, आफ्नो गाँस काटेर कोभिड महामारीको नियन्त्रणमा सहयोग पुर्याउनुभएको विदेशका श्रमिक दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद प्रकट गर्नुभएको छ। पछिल्लो समय मुलुकमा भईरहेका राजनैतिक गतिविधिहरु प्रति गम्भीर दुःख व्यक्त गर्दै आफ्ना केही भनाइहरु पनि सम्बोधनका क्रममा राख्नुभएको छ ।पौष ५ गते संसद विघटन भएपछि सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गर्दा मुलुक संसद पुनः र्स्थापनाको फैसलापछि राजनैतिक स्थिरतामा प्रवेश गरेको आफ्नो धारणा राख्नु भयाे । मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सरकारको प्रमुख उद्देश्य रहेको भन्दै आफ्नो धारणा पनि व्यक्त गर्नुभयो। जेठ ६ गते मध्यराति संसद बिघटन गर्नु र मध्यावधि निर्वाचनमा जाने संवैधानिक बाध्यता भएको बताउँदै निर्वाचनमा सबै दलहरुलाई भाग लिन पनि आग्रह गर्नुभयो। सत्ता साधन भएको र साध्य नभएको बताउँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जनताको हक हितको रक्षा गर्दै लोकतान्त्रिक समाजको निर्माणमा सधैँ प्रतिबद्ध रहेको पनि बताउनुभयो। ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै निर्वाचनमा जानुलाई अलोकतान्त्रिक विषय भन्नु दुःखको कुरा भएको बताउँदै आफ्नो धारणा व्यक्त गर्नुभयो। अाफ्ना पुरानै कुराहरूमा धेरै समय खर्चिएका उनले मुलुक आज विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण ग्रसित भएकोले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको स्वास्थ्यलाभको कामना गर्दै मृतकको व्यक्तिप्रति श्रद्धासुमन अर्पण गर्नुभयो । यसै समयमा सम्पूर्ण राजनीतिक दलका नेताहरुलाई कोरोना भाइरसको महामारी नियन्त्रणमा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने विषयलाई पनि जोड दिनुभयो।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.