
प्रकाश कपाली काठमाडौ जेठ ६ गते मध्यरातमा भएको संसद विघटन असंवैधानिक भएको प्रतिपक्ष दलका नेताहरुले ठहर गरी राख्दा संविधान निगरानी समूहले संसद विघटन असंवैधानिक भएको ठहर गरेको छ।
संविधान निगरानी समूहमा रहेका पूर्वप्रधानन्यायाधीश दोय सुशिला कार्की, कल्याण श्रेष्ठ। नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ , पूर्वगभर्नर
हिमालय शमशेर जबराको समूहले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै आपत्ति जनाएका छन्।
सत्ता प्राप्त गर्नका लागि जे पनि गर्न राजनीतिक दलका नेताहरु तयार हुँदा यसले देशको विधि र पद्धतिमा गम्भीर असर पुर्याएको संविधान निगरानी समूहको ठहर छ। संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कार्य भएको भन्दै प्रधानमन्त्री ओलीले संवैधानिक प्रक्रिया पूरा गर्न नसकेको र बदनियतपूर्ण तरिकाले संसद विघटन गरी चुनावको मिति तोक्ने यस्तो कार्य असंवैधानिक भएको संविधान निगरानी समूहले बताएको छ।
