
प्रकाश कपाली। जेठ ६ गते मध्यरातमा प्रतिनिधिसभाको विघटन भएपछि प्रतिपक्ष दलका नेताहरु सर्वोच्च अदालतमा रिट दायर गर्न जाँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कू गरेको प्रतिपक्ष दलका नेताहरुको ठहर छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता असंवैधानिक रहेको ठहर गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेस , नेकपा-माओवादी, नेकपा एमाले माधव-खनाल समूह,जसपाका यादब- भट्टराई पक्षका नेताहरु आज सर्वोच्चमा रिट लिएर जाँदैछन्। रिट दायर गर्ने हिजो तयारी भएतापनि कानुनी प्रक्रिया नपुगेको कारण हिजो रिट दायर नभएको प्रतिपक्ष दलका नेताहरुले बताएका छन्। प्रतिपक्ष दलका नेताहरुले संसद विघटन र राष्ट्रपतिले प्रधानमन्त्रीको लागि संयुक्त दलहरू मिलेर सरकार बनाउन आव्हान गरेको तर सयुक्त दलहरूको सहमतिमा सरकार बनाउने प्रतिपक्ष दलहरुले निर्णयसहित प्रधानमन्त्रीको दाबी गर्दा राष्ट्रपतिले प्रधानमन्त्रीको दाबी नपुगेको भन्दै केपी ओलीलाई प्रधानमन्त्री बनाएको र संसद विघटन गरी सत्ता लम्ब्याउने खेलमा प्रधानमन्त्री रहेको र प्रधानमन्त्रीको निरन्तरता अवैधानिक रहेको विषयमा सर्वोच्च अदालतमा प्रतिपक्ष दलहरुले रिट दायर गर्न सर्वोच्च अदालत जान लागेको छ।१४९ सांसदको हस्ताक्षर सहित संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ।
