Fast Nepal News

माओवादीले बोलायो स्थायी कमिटी बैठक

banner single news

काठमाडौँ —जेष्ठ ७

काठमाडौँ , नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्य

सबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको साहले बताए । बैठक अघि अध्यक्ष पुष्पकमल दाहालले अन्य दलका नेताहरुसँग पनि छलफल गर्ने भएका छन् ।

Inside Article Ads

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पदमुक्त नहुँदै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि माओवादीले त्यसलाई संसद् विघटन हुँदै संविधान सिध्याउने डिजाइनअन्तर्गत भएको बताएको छ ।

( आजको कान्तिपुर दैनिकमा )

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.