Fast Nepal News

केपी ओली प्रधानमन्त्री नियुक्त, शपथ अाज २.३० वजे हुने

बहुमत नपुग्ने भएपछि कांग्रेस-माओवादी गठबन्धनले सरकारका लागि दाबी नै गरेन र माधवकुमार नेपाल समूहका सांसदहरुले राजिनामा नदिने भएपिछ वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने

banner single news

वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । नेकपा एमाले संसदीय दलका नेता ओली प्रधानमन्त्री पदमा पुन नियुक्त भएका हुन् । ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार शपथ अाज अपरान्ह हुनेछ ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएनन् ।

Inside Article Ads

त्यसपछि राष्ट्रपतिले ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दललाई सरकार गठनको अवसर दिएकी थिइन् । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत दिनुपर्छ, नभए धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुने व्यवस्था छ । त्यो पनि असफल भए मुलुक मध्यावधि चुनावतिर जाने िनश्चित छ ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.