Fast Nepal News

राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आहृवान गरिन्

नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।

banner single news

वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२)
अनुसार बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी हुन् सोमबार मात्र संसदले विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकृत गरेको थियो । यससँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए ।लगतै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

सरकार बनाउन बहुमत पुगने उनीहरुको दाबी छ । नयाँ सरकार गठनको पक्षमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको डा. बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षका १६ सांसद देखिएका छन् ।

Inside Article Ads

२७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ सांसद चाहिन्छ ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.