
प्रकाश कपाली। प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव गर्दै प्रतिनिधिसभाको विशेष अधिवेशनलाई सम्बोधन गर्नुभएको छ। प्रतिनिधिसभाको विशेष अधिवेशनलाई सम्बोधन गर्दै आज देश कोरोना भाइरसको दोस्रो लहर बाट आक्रान्त भएकोले कोरोना भाइरसको महामारीबाट आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण नागरिकप्रति मन श्रद्धासुमन प्रकट गर्नुभएको छ। ओलीले कोरोना भाइरस संक्रमित नागरिकलाई स्वास्थ्यलाभको कामना गर्नुभएको छ। विश्वमा कोरोना भाइरसको महामारी फैलिरहेको राजनीति दल, संस्थाहरु एकजुट भएर कोभिडलाई पराजित गर्नु पर्ने तर्क व्यक्त गरेका छन्। कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकार निरन्तर लागिरहेको र कोरोना भाइरस नियन्त्रण र विकासका कार्यमा प्रतिबद्ध भएर लाग्न चाहेपनि सरकारमाथि हिलो छ्याप्ने काम भएको कारणले सरकारको ध्यान यसतर्फ केन्द्रित हुन नै नसकेको उनले बताएका छन्। जनताको जीवन रक्षा गर्ने पहिलो भएकाले सत् भएकाले जनताको हितलाई छोडेर तल माथि गर्न नदिने गर्दैन भन्ने तर्क सम्मानित सदनमा पेश गर्दै सार्वभौम जनताको प्रतिनिधित्वमा निरन्तर सक्रिय भएर लागेको बताएका छन्। राष्ट्रिय हितलाई सर्वोपरि ठान्दै राष्ट्रिय स्वाभिमानको सन्दर्भमा सरकारले कुनै पनि कसर बाँकी नराखेको ओलीले बताउनुभयो । सरकारले गरेका राम्रा कामहरु उपलब्धि पूर्वक अघि बढेको हुनाले सरकारलाई अविश्वास गर्नुपर्ने के कारण छ भन्दै प्रतिनिधिसभाका विभिन्न दल का माननीय सदस्यहरुलाई प्रश्न गर्नुभयो। सरकारलाई विश्वास नगर्नु पर्ने कारण नरहेको र आफूले पनि विश्वासको मत लिइरहँदा सदनको विश्वास छ भन्ने कुरामा आफू विशस्त रहेको आेलीले बताएका छन्। सदनको विवेक माथि पुर्ण भरोसा रहेको दाबी गर्दै आफूले विश्वासको मत पाउने अपेक्षा गरेका छन्। सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई कोरोना भाइरस बिरुद्धको लडाईमा अग्रसर भई कोरोना भाइरसलाई पराजित गर्ने अभियानमा लाग्न अनुरोध गर्दै प्रतिनिधिसभाको विशेष अधिवेशनमा आफ्ना भनाई व्यक्त गरेका छन्।
