Fast Nepal News

एमालेका दुई पक्षबीचको एकता प्रयास विफल

banner single news

काठमाडौं, वैशाख २६

काठमाडौं, सत्तारुढ पार्टी नेकपा एमालेमा एकताको प्रयास विफल बनेको छ । शनिबार माधव नेपालका सांसदहरुले राजीनामा पत्रमा हस्ताक्षर गरेपछि एकताको प्रयास विफल बनेको हो ।

प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरेपछि दुई धारमा परिणत बनेको एमाले अब मिल्ने सम्भावना लगभग टरेको नेताहरुले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले गत वर्षको जेठ २ गते माधव समूहका नेता कार्यकर्तालाई जिम्मेवारी विहीन बनाएका थिए । एमाले जेठ २ गतेकै स्थितीमा नर्फकिए मिल्ने सम्भावना नरहने नेपाल समूको अडान छ ।

Inside Article Ads

पछिल्लो साता यता ओली र नेपाल समूहकै दोस्रो तहका नेताहरु पार्टीलाई फुटबाट जोगाउन अन्तिम प्रयासरत थिए । विष्णु पौडेल, सुवास नेम्वाङ, योगेश भट्राई, गोकर्ष विष्ट लगायतका नेताहरु तीव्र छलफलमा थिए ।

यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारी पनि पार्टीलाई फुटबाट जोगाउन र वैशाख २७ मा प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुृटाउन लागिपेकी थिइन् । अहिलेसम्मको स्थिती हेर्दा पार्टीबाट नेपाल समूहले सामूहिक राजिनामा दिने भएका हुन् ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस
1 Comment
  1. प्रकाश says

    Good

प्रतिक्रिया

Your email address will not be published.