Fast Nepal News

सामूहिक राजीनामाको विषयमा छलफल गर्न बैठक बस्दै नेपाल-खनाल समूह

banner single news

काठमाडौं, वैशाख २६

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह आन्तरिक छलफलमा जुटेको छ । नेपाल–खनाल समूहका सांसदहरु सामूहिक राजिनामा बारे सल्लाह गर्न छलफलमा जुटेका हुन् ।

नेपाल समूहको स्थायी कमिटी बैठक बसेरर आधिकारिक रुपमै सांसद पदबाट राजीनामा दिने तयारी यस समूहले गरेको छ । एमालेलाई २०७५ साल को जेठ २ को अवस्थामा फर्काउन भन्दै नेपाल समूहले दबाब दिइरहेको छ ।

७५ साल जेठ २ गते नेकपा माओवादीसँग एकता हुनुअघिको स्थिती हो । एकतापछि सर्वोच्च अदालतले माओवादी र एमालेलाई अलग बनाएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीले पार्टीका सबै पदमा आफ्ना पक्षलाई राखेका थिए ।

Inside Article Ads

त्यसक्रममा उनले माधव नेपाल र झलनाथ खनाल समूहका सबै नेता कार्यकर्तालाई जिम्मेवारविहीन बनाएका छन् । त्यसैले एमालेमा दुई पक्षबीच अन्तरद्वन्द कायम छ ।

यसैबीच, प्रधानमन्त्री केपीशर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि नेपाल समूहले सामूहिक राजिनामा दिएर विश्वासको मत पुग्न नदिने रणनीति बनाएका हुन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.