
वैशाख, काठमाडौं । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको छ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको अन्तिम मिति दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् । ‘विश्वासको मत लिएपछि कारबाही अगाडि बढाउने योजनामा केपी ओली लाग्नु भएको छ । वार्ता पनि हामीलाई अल्मल्याउनकै निम्ति हुुँदैछ भन्ने सामुहिक निष्कर्ष हो’, बैठकमा सहभागी अर्का सांसदले भने ।
‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।स्राेतका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् ।साथै ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’,
आइतबार पनि ओली पक्षसँग वार्तामा बस्न नेपाल समूहका नेताहरु तयार भएका छन् । बैठकमा नेताहरुले ओली पक्षका नेताहरुसँग वार्तामा गरिएको अडान र छलफलबारे सांसदहरुलाई ब्रिफिङ गरिएको थियो ।
२८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्र्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।
