Fast Nepal News

नेकपा माओवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा पार्टीको ३८ महिनाको लामो सहकार्य समाप्त भएको छ।

banner single news

प्रकाश कपाली। नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ‌। संसद सचिवालयमा संसद सचिवालयका सचिव गोपाल नाथ योगीलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको छ । नेकपा-माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । त्यससँगै नेकपा पार्टीको ३८ महिनाको लामो सहकार्य समाप्त भएको छ। राष्ट्रियता लोकतन्त्र स्वाधिनतामाथि गम्भीर खतरा परेकोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा-माओवादीका प्रमुख सचेतक देव गुरुङले बताए । ओली रहे राष्ट्र संकटमा पर्ने नेकपा माओवादीका नेताहरुले बताएका छन्। यसैगरी वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदैछन्। विश्वासको मत असफल पार्ने विषयमा ललितपुरको हात्तीवनमा प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएको छ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.