Fast Nepal News

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

banner single news

काठमाडौं – बैशाख १०

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।

एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए ।

‘दुवै नेता आफ्नै अडानमा हुनुहुन्छ । नेकपा एकता हुनुभन्दा अघिल्लो मितिमा फर्किएर पार्टी एकता जोगाउँदै अघि बढनुपर्ने अडानमा वरिष्ठ नेता नेपाल हुनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘तर अध्यक्ष केपी ओलीले एमाले धेरै नै अघि बढिसकेकाले अब पछाडि फर्किन नसकिने र यही अवस्थामा मिलेर जानुको विकल्प नभएको बताउँदै आउनुभएको छ ।’

Inside Article Ads

नेपालसहितका नेताहरूलाई पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बनको निर्णयमा पुनर्विचार गर्न सकिने अध्यक्ष ओलीले संकेत गरे पनि शुक्रबार (आज) बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने सर्त अघि सारेका छन् । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै २ जेठमै फर्किनुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याएका छन् ।

‘तपाईंहरू भोलि (शुक्रबार)को बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाका लागि पार्टीबाट गरिएको निलम्बन फुकुवा गर्छु’ छलफलमा ओलीले भने । तर, नेता नेपालले ओलीको सो प्रस्ताव अस्वीकार गर्दै २ जेठको अवस्थामा नफर्किंदासम्म आफूहरू बैठकमा आउन नसक्ने बताएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.