Fast Nepal News

शेरधन राईविरुद्ध पुनः अविश्वास प्रस्तावको तयारी

banner single news

विराटनगर – बैशाख ९

विराटनगर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव ल्याउने तयारी थालेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीदलहरूबीच छलफल भइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ।

प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको रवैयाले विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए। कार्कीले केही प्राविधिक विषय मिलेपछि दलहरूबीच छलफल गरेर आवश्यक निर्णय गरिने बताए। ‘सरकारको रवैयाविरुद्ध प्रतिपक्षी दलहरू एक जुट भइसकेकाले केहि प्राविधिक विषय मिलेपछि जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिन्छ,’ कार्कीले भने। यता नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्दबहादुर आङ्बोले संसदको विशेष अधिवेशन बोलाउने, अविश्वासको प्रस्ताव ल्याउनेलगायतका विभिन्न विकल्पबारे दलहरूबीच अनौपचारिक छलफल भइरहेको बताएका छन्।

Inside Article Ads

आङ्बोले सबैदलसँग छलफल गरेर आवश्यक निर्णय लिइने स्पष्ट पारे। हाल सत्तारूढ नेकपा एमालेसँग बहुमत भएकाले प्रतिपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने आँट गरिरहेका छैनन्। तर, नेकपा (एमाले) माधव नेपाल पक्षका सांसदले सघाउने निश्चित भए मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा प्रतिपक्षी दलहरू देखिएका छन्। प्रदेश १ मा पछिल्लो समय सरकारविरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मोर्चाबन्दी गरिरहेका छन्।

मुख्यमन्त्री शेरधन राईविरुद्ध गत पुस १२ गते तत्कालीन नेकपाका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गराएका थिए। नागरिक दैनिकबाट

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.