Fast Nepal News

कांग्रेसको पदाधिकारी बैठक वस्दै

पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको साथै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल

banner single news

८ वैशाख, काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ ।

आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको कांग्रेस नेताहरु बताउँछन् ।

विवरण नपठाएका जिल्लाहरुलाई कांग्रेसले सदस्यताको विवरण पठाउन थप एक साताको समयसीमा दिएको छ।

Inside Article Ads

पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको साथै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.