
प्रकाश कपाली। नेकपा-माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज चितवनको एक चितवन माडीको एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै सरकार अधिनायकवादी तर्फ गएको र असंवैधानिक र अलोकतान्त्रिक काम गरेको भन्दै सरकारको आलोचना गरेको छ । कार्यक्रममा बोल्दै प्रचण्डले अबको सरकारलाई ठेगान लगाएर नयाँ सरकार बनाउनुपर्ने पनि धारणा व्यक्त गरेका छन्। चितवनको मादी मा कार्यक्रमलाई सम्बोधन गर्दै संसद विघटनपछि अलोकतान्त्रिक र असंवैधानिक कू सरकारले गरेपछि यसको विरोधमा उत्रेका राजनीतिक दलहरु सबै एकजुट भएर नयाँ सरकार निर्माणमा लाग्नुपर्ने र सबै पार्टी मिलेर सरकार गठन गर्नुपर्ने पनि उहाँले बताउनुभयो। सर्वोच्चअदालतको फैसलापछि नेकपा पार्टी दुई भागमा ध्रुवीकरण भएको र अब चाहेर पनि वामपन्थीहरुको एकता हुन नसक्ने पनि उहाँले बताउनुभयो। यसैगरी नेपाली काँग्रेसका शीर्ष नेताहरुले पनि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएमा नयाँ सरकार गठन हुन नसक्ने बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई विगतको अवस्थामा फर्काउने फैसला गरेपछि नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि राजनैतिक हलचल मच्चिएको र यो कतिपय अवस्थामा नयाँ सरकार गठन गर्ने प्रसङ्ग चलिरहदा आफू प्रधानमन्त्री बन्न लालायित नभएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउँदै अाएतापनि राजनीतिक परिस्थिति प्रतिकूल भएको अवस्थामा आफू प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएको खण्डमा सो जिम्मेवारीलाई आफूले वहन गर्नुपर्ने बताएका छन् ।संसद बिघटनले निम्त्याएको राजनैतिक हलचलले अहिलेसम्म पनि संसद पुर्नस्थापना भैसकेपछि राजनैतिक दलहरू नयाँ सरकार गठन गर्ने विषयमा खिचातानी गरिरहेकाे राजनैतिक दुरावस्था अहिलेसम्म पनि कायमै छ ।
