Fast Nepal News

बामदेवकाे प्रचण्डसंग नयाँ प्रस्ताव, नेकपाबाटै प्रधानमन्त्री खाेजाैं

‘वामदेवको प्रस्तावमा प्रचण्ड पनि सकारात्मक भएकाे स्राेतले जानकारि दिएकाे छ।

banner single news

प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत मिल्ने बताइएकाे छ । ‘वामदेवको प्रस्तावमा प्रचण्ड पनि सकारात्मक भएकाे स्राेतले जानकारि दिएकाे छ। ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले वामदेवलाइ सुजाव दिएका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र भइरहेको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले सो प्रस्ताव राखेका हुन् ।

गौतम निकट एक नेताका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

नेकपा दुई खेमामा बिभाजित भएको बेला गौतम तटस्थ बसेर पार्टी एकताको पहल गर्दै आएका थिए। उनले बुधबारमात्रै विज्ञप्ति प्रकाशित गरी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए ।

Inside Article Ads

सर्वोच्च अदालतले संसद विघटनको कदम खारेज गरिदिएपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने धारणा गौतमले राख्दै आएका छन् ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.