Fast Nepal News

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

banner single news

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विभिन्न समितिहरुको बैठक आज बस्ने भएको छ । बुधबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र पूर्वाधार विकास समितिको बैठक आज बस्न लागेको हो ।

बिहानको ११ बजे बस्ने अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिबेदनको मस्यौदा माथि आन्तरिक छलफल गरिने भएको छ ।

आज बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४४औं बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजना बारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, सिंहदरवारमा बिहान ११ बजे नै बस्ने भनिएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरुसँग छलफल गरिने कार्यसूची  रहेको छ ।

Inside Article Ads

आज महिला तथा सामाजिक मामिला समितिको बैठक दिनको २ बजे बस्दैछ । समितिको कामकारवाही सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ ।

प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदिको पुलको बिषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

 

 

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.