Fast Nepal News

मातृभूमि पार्टीले बायुसेवा निगमविरुद्ध अख्तियारमा बुझायो उजुरी

banner single news

काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले नेपाल बायुसेवा निगममा भएको भ्रष्टाचारबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।

पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो। बर्षौदेखि भ्रष्टाचार मौलाउदै गएको नेपाल बायुसेवा निगममा कुनै पनि अधिकारीहरु माथि कारवाही नभएकाले अख्तियारमा उजुरी दर्ता गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।

नेपाल र नेपालीको कीर्ति एवं गौरव मानिएको संसारभर प्रक्षेपण गर्ने मूल सबाहकको परिचय बनाएको हवाई उडड्यन र राष्ट्रियध्वजावाहक विमानका नाममा भ्रष्टाचार मौलाएकाले उजुरी दर्ता गराएको हो । मंगलबार आयोगको कार्यालय टंगालको गेटमा धर्ना तथा विरोध प्रदर्शनपछि निगमका विरुद्ध आयोगमा उजुरी दर्ता गरिएको हो ।

Inside Article Ads

निगम पञ्चायतकाल पछि दिनानुदिन कुशासनको चंगुलमा पर्दै व्यवस्थापन कमजोर हुँदै गएको र विभिन्न काण्डहरु देखा परिरहेको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

त्यस्तै पार्टीले प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरु तत्काल लागु गर्न मिति २०८२ जेष्ठ १३ गते ध्यानाकर्षण गराई यस पार्टीले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई ज्ञापन पत्र बुझाएको थियो।

Visited 56 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.