
पोखरा । गण्डकी प्रदेशस्थित नेकपाको पार्टी कार्यालयमा आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ ।
स्थानीय कोसिली उद्योगका उद्यमी गोविन्द थापाले पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई आफ्नै उत्पादनका खाजा सामग्री हस्तान्तरण गरेका छन् ।
उक्त अवसरमा उद्यमी थापाले स्वदेशमै उत्पादित खाजाका सेट महासचिव विप्लवलाई हस्तान्तरण गर्दै नेपाली उद्योगीहरूले भोग्नुपरेका समस्याहरूबारे अवगत गराए । उनले राज्यको उचित ध्यान र सहयोगको अभावमा उद्योग क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।
महासचिव विप्लवसँगको भेटलाई फलदायी मान्दै थापाले आफ्नो उद्योगले उत्पादनसँगै स्वरोजगारी सिर्जनामा पनि योगदान पु¥याएको जानकारी दिए । देशमा व्याप्त राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नराम्ररी असर गरेको उनको भनाइ थियो ।
