जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय पदाधिकारी/कार्यकारिणी समिति र केन्द्रीय सदस्यहरुको टुङ्गो लगाएको छ ।
हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्यविभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ । कार्यविभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिएका छन् । यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्य उपाध्यक्ष बनेका छन्।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा नियुक्त भएको छ भने प्रकाश अधिकारी उपमहासचिव चुनिएका छन् । मनिषकुमार सुमन पार्टीको प्रवक्ता भएको जसपा पार्टी कार्यालयले जनाएको छ । त्यसैगरी, दीपक कार्की र रेखा यादव पनि उपमहासचिव नियुक्त भएका छन् ।
जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिएका छन्।