Fast Nepal News

प्रधानमन्त्रीलाई अर्को चिन्ता; प्रतिगमन र निरंकुशता

banner single news

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् ।

शुक्रबार संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाएका छन् ।

Inside Article Ads

उनले भने, ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले वा निश्चित उद्देश्यले जोडेको भए मेरो लागि चिन्ताको विषय हुने थिएन । तपाईंहरुलाई डरले जोड्यो । भयले जोड्यो । त्यो डर हो, सुशासनको डर । सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले जोडेको हुनाले जे कारणले एमाले र कांग्रेस मिल्न खोज्नुभएको छ, तपाईँहरूको सहकार्यलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् ? ’

प्रधानमन्त्रीले आफूलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको रहेको बताएका छन् ।

Visited 20 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.