Fast Nepal News

नाबालिकहरूलाई अवैध काम लगाएको अभियोगमा दुईजना पक्राउ

banner single news

नाबालिकहरूलाई अवैध काम लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको छ ।

उक्त टोलीले सिन्धुली हरिहरपुर गाउँपालिका–१ का ३३ वर्षीय वीरबहादुर सिन्तान र २५ वर्षीय सुबिलाल सिन्तानलाई मध्यपुर थिमि नगरपालिका–१ मनोहरा–जडीबुटीबाट पक्राउ गरेको हो ।

Inside Article Ads

सिन्धुली होटल ढिँडो सर्भिस् एन्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानीको प्रलोभनमा पारी गेष्ट हाउसमा आएका ग्राहकहरूसँग वेश्यावृत्तिमा लगाएको प्रहरीले बताएको छ ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.