
काठमाडौँ महानागरपालिकाका मेयर बालेन साहले महानगरपालिकाका कुनै पनि कर्मचारीमाथि अपमान महनागरले नसहँने बताएका छन्।
काठमाडौँ महानगरपालिकाको फोहोरको गाडी चलाउने ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिइ रिहाई पछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
”जो कोहीले यत्ति बुझ्नुहोला – पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानून र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाण्डौ महानगर यसमा संवेदनशील छ ।अझ आफ्नो कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन ।बुझेर कदम चाल्नुहोला । मेयर साहले फेसबुक लेखेका छन् ।