
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्न थालेका छन् ।
आजको संसद् बैठकमा नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेकै बेला प्रधानमन्त्री प्रचण्ड रोस्ट्रममा पुगेर विश्वासको मत माग्न थालेका छन्। कांग्रेस सांसदले अहिले पनि नाराबाजी गरिरहेका छन् ।
यसअघि बिहान ११ बजे बोलाइएको बैठक शुरु हुने बित्तिकै कांग्रेस सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि शुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्न थालेका छन्।
जनता समाजवादी पार्टी जसपा नेपालले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक विश्वासको मत लिन लागेका छन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
यसअघि फागुन २१ गते सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिएका थिए ।