
एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् ।
इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि बुधबार हुने चुनावी सभालाई सम्बोधन गर्न ओली इलाम पुगेको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले बताएका छन् ।
उनले भने, ‘अध्यक्ष यु आउने भएपछि करिब ३ हजार हाराहारीमा जनताहरू उपस्थित हुनुहुन्छ । सुहाङको जित्ने सम्भावना पक्का पक्की छ ।’
सभामा ओलीसहित एमाले उपाध्यक्ष रामबहादुर थापा बादल पनि पुगेका छन् ।
वैशाख १५ मा इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदैछ । एमाले, नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी र नेपाल परिवार दलबाट साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङ छन् ।