
गृहमन्त्रि रवि लामिछानेमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले छानबिन गर्न माग गरेका छन् ।
सहकारी प्रकरणमा मुछिएका रविमाथि छानबिन गर्न रुपन्देहीको बुटवलस्थित उक्त सहकारीका पीडितहरुले सुप्रिम सहकारी पीडित संघर्ष समिति नै गठन गरेर उक्त माग गरेका छन् ।
पीडितहरुले मंगलबार बिहान बुटवलमा प्रदर्शनसमेत गरेका छन् । सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका रविमाथि छानबिनका लागि दबाब दिएका छन् ।
प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्नसमेत माग गरेका छन् ।