पूर्वमन्त्री मोहम्मद अफताब आलमको सोमबार तोकिएको पेशी स्थगित भएको छ ।
न्यायाधीश केदारनाथ पौडेलको इजलासमा सुनवाइ हुनु पर्ने मुद्दा प्रतिवादीका कानुन व्यवसायीले स्थगित गरेका छन्।
पुर्पक्षको लागि चार वर्ष देखि कारागार रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम किनारा लाग्न सकेको छैन । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले छ महिना अघि लिखित बहस नोट मागिसकेको थियो । त्यस यता दुई पटक पेशी तोकिए पनि फैसला हुन सकेको छैन ।
पूर्वमन्त्री अफताब आलम सहित ११ जना प्रतिवादी रहेको मुद्दाको सुनवाइ भएको छ । लापरबाहीपूर्वक काम गरी ज्यान मारेको, बिस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उधोग तथा कर्तब्य ज्यान सम्बन्धि कसुर मुद्दामा ११ जना लाई प्रतिबादी बनाइएको थियो । २०७६ कार्तिक १८ गते जिल्ला अदालत गौरमा आलम सहित ११ जना विरुद्ध मुद्दा दायर भएको थियो ।