Fast Nepal News

लामिछानेले उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने

banner single news

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएकाले छानबिनका लागि संसदीय समिति बन्नुपर्ने भन्दै संसद बैठक अवरुद्ध पारिरहेका बेला उनले भने मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उजुरी पर्दैमा छानबिन गर्ने कुरा संसदीय मूल्य, मान्यता भित्र नपर्ने बताएका छन् ।

उनले भ्रष्टामुक्त मुलुक बनाउने साँच्चै चाहना हो भने उच्चस्तरीय छानबिन समिति बनाएर २०४७ साल यताका सबै भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न तयार हुन पनि कांग्रेससँग प्रस्ताव गरेका छन्।

Inside Article Ads

उनले आफूमाथि व्यक्तिगत आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागको कुनै औचित्य नभएको समेत बताएका छन्।

 

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.