सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछाने माथि कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।
कांग्रेसले भोलि विहानै प्रतिनिधिसभाको बैठक बस्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे कांग्रेसले आजै छलफल गरेको छ ।
उनले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग कायमै रहेको बताएका छन्। चैत्र २१ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भोलिको बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर नआए बैठक चल्न नदिने चेतावनी नै दिएका थिए ।
यसैमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडलेले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन् ।
उनले भने ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त रु निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेस छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’