
एकीकृत समाजवादीका नेता एवं पूर्वप्रनमधान्त्री झलनाथ खनालले चलचित्र महाजात्रा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।
आइतबार सुन्धारास्थित हलमा विशेष शो हेरेपछि नेता खनालले चलचित्रमा वरिष्ठ कलाकार हरिवंश आर्चायले निभाएको नेताको भूमिकाले वर्तमान राजनीतिलाई गहकिलो प्रतिक्रिया दिएको बताएका छन् ।
मन्त्रि खनालले भने, ‘कलाकार भाइहरूको अभिनय एकदमै राम्रो छ । हरिवंशले नेताको भूमिका निर्वाह गरेर वर्तमान राजनीतिलाई एक मुक्का हान्नु भएको छ ।’ नेता खनालले चलचित्र उत्कृष्ट बनेको भन्दै १० मा ९ दशमलव ९ रेटिङ दिएका छन् ।
