
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।
बिहीबार लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन्।
केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार, प्रदेशमा पनि नेकपा एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक भएपछि मुख्यमन्त्री चौधरीले विश्वासको मत नपाउने पक्कापक्की भएको थियो । उनले बिहीबारको बैठकबाट विश्वास मत लिने तयारी गरे पनि बहुमत पुग्ने नदेखिएपछि पदबाट राजीनामाको घोषणा गरेका हुन्।
गठबन्धन दलहरुले पनि बिहीबार नै माओवादी संसदीय दलका नेता जोखबहादुर महरा लाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका छन् ।