
काठमाडौं । भारत भ्रमणमा रहेका नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले भारतीय नेताहरु समक्ष नेपालको सिमाना र व्यापार सम्बन्धमा कुरा राखेका छन् । आरएसएसका प्रवर्द्धन प्रमुख शसुनील अबेकट, एपिभिपीका राष्ट्रिय प्राध्यापक डा राज साधन शाही, एपिभिपीका राष्ट्रिय संगठन मन्त्री आशिष चौहान, एपिभिपीका महासचिव यज्ञवाताक्य शुक्ल, भाजपा विदेश विभाग प्रमुख, भाजपा युवा मोर्चा महासचिवसहित भाजपाका केन्द्रीय नेताहरूसँगको भेटघाटका क्रममा उनले नेपालको पक्ष साथै द्धिदेशिय सम्बन्धलाई अझ प्रगाढ बनाउने बिषयमा छलफल गरेका हुन ।
उनीहरुसँगको भेटका क्रममा अध्यक्ष शेर्पाले नेपालको सीमा विवाद समाधानका निम्ति पहल गर्न आग्रह गर्नुका साथै युवारुलाई स्टार्टअपद्वारा जोड्नका निम्ति सहयोग आदानप्रदान, एसियाली विद्यार्थीहरु र युवाहरुको लागि साझा परिषद् निर्माणमा भारतले समन्वय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । भारतकोतर्फबाट यि बिषयमा सहजीकरण हुन सके नेपाल भारत साथै एसियाको विकासमा प्रगती हासिल गर्न सकिने उनले धारणा राखे ।
अध्यक्ष दुजाङ शेर्पासहित नेपालका विद्यार्थी संगठनका प्रमुख एवम प्रतिनिधिहरु हाल भारत भ्रमणमा छन् । उनीहरुले बिजेपीको राष्ट्रिय कार्यालय र पुस्तकालय समेत अवलोकन गरेका छन् ।