Fast Nepal News

छिट्टै सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

सदनको गतिरोध अन्त्य र टिआरसी टुँगो लगाउनको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्न शितलनिवासमा सर्वदलीय बैठक बोलाउने तयारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

banner single news

३२ श्रावण,काठमाडौँ- स्वास्थ्यमा सुधार आएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रप्रमुखको जिम्मेवारीमा सक्रिय हुदैँ छिट्टै सर्वदलीय बैठक बोलाउने भएका छन्।

आजै साँझ वा भोलिसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेसका अरु नेताहरुसँग भेटवार्ता गर्ने तयारी गरेका छन् । यसको अलावा उनले संसद्को गतिरोध अन्त्य र टिआरसी टुँगो लगाउनको लागि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुसँग सामूहिक छलफलको तयारी गरेका छन् ।

Inside Article Ads

उनको सचिवालयले भेटघाटको लागि दलका नेताहरुसँग सम्पर्क बढाएको छ । यो बीचमा राष्ट्रपति पौडेलले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग पनि भेटवार्ता गरिसकेका छन् । शितलनिवासमा सर्वदलीय बैठक बोलाउने तयारी रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।राष्ट्रपतिले सर्वदलीय बैठक नहुदैँ हालसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.