Fast Nepal News

साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी – कांग्रेसका नेता डा.शेखर कोइराला

सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।

banner single news

२८ श्रावण,काठमाडौँ-आइतबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नु जरुरी रहेको बताएका छन् ।

बैठकमा बोल्दैँ कोइरालाले प्रचण्डजीको निजी सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयको व्यक्ति सात दिन पहिले राजस्व अनुसन्धानको डिजी भएर जानुहुन्छ, सुन समातिन्छ, त्यसपछिका घटनाहरु हेर्नुहोस्,सीआईबीलाई किन दिनु पर्यो, हामी नै सक्षम छौँ छानिबन गर्न भन्नुभयो । त्यसकारण उच्चस्तरीय छानबिन समिति गठन हुन आवश्यक छ ।”भन्ने विषयमा आफ्नो धारणा समेत सार्वजनिक गरेका छन्।

Inside Article Ads
Visited 76 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.