Fast Nepal News

सदनमा देखिएको गतिरोध हटाउन नेकपा एमाले तयार,संसद पूर्णरुपमा सुचारु हुने

banner single news

२३ श्रावण,काठमाडौं-साउन ३ गते अवैध सय किलो सुन बरामद भएपछि अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद अवरुद्ध सदनमा देखिएको गतिरोध हटाउन नेकपा एमाले तयार भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका नेताहरु बैठक चलाउन सहमत भएपछि संसदको गतिरोध हटाउन तयार भएपछि संसद पूर्णरुपमा सुचारु हुने भएको छ।

नेकपा एमालेले गत साउन १० गतेदेखि अवरुद्ध गरेको संसद् अझै चल्न नसकेको संसदमा आजको बैठक बस्न दिने र अवैध सय किलो सुन बरामद भएपछि अनुसन्धानका लागि उच्चस्तरीय समिति बनाउन एमालेले प्रस्ताव गर्ने सहमति भएको नेताहरुको भनाई छ ।आफ्ना माग राख्ने तर त्यसमा सरकार तयार नभए संसद् पुनः अवरोध गर्ने नेकपा एमालेका नेताहरुले बताएका छन् ।

Inside Article Ads
Visited 80 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.